Sunday, November 16, 2014

बृहत खुल्ला रक्तदान कार्यक्रममा सहभागिताका लागि आब्हान

Tweeter Society tfscn014@gmail.com

7:57 AM (40 minutes ago)
t
बृहत खुल्ला रक्तदान कार्यक्रममा सहभागिताका लागि आब्हान 

राजधानी केन्द्रित उपचार पद्धति, उपचारमा आएको सुविधा, अस्पताल तथा नर्सिङहोम, हर्ट सेन्टर, किड्नी सेन्टरजस्ता स्वास्थ्य उपचार केन्द्रहरूको संख्यामा आएको वृद्धि तथा जनसंख्या वृद्धिका साथै दुर्घटनामा वृद्धि आदि कारणले पछिल्लो समय रगतको माग बढिरहेको छ । नेपालमा रक्तदान शुरु भएको ७१ बर्ष पुरा भएपनि विरामीले आवश्यक परेको समयमा रगत नपाउने समस्या भने उस्तै रहेको छ । 
रक्तदान जीवनदान भनिएपनि धेरै मानिस रक्तदानको महत्वका वारेमा जानकार नहुँदा यसका लागि तयार नहुने गरेको देखिएको छ । रक्तदान गर्दा शरीरमा खेर जाने रगत अर्को मानिसको ज्यान बचाउनका लागि उपयोगी हुने सन्देश प्रवाह हुन नसक्दा रगत अभाबै कारण विरामीले ज्यान गुमाउनुपर्ने अवस्था पनि रहेको छ । यही अवस्थालाई दृष्टिगत गरी सामाजिक उद्देश्यका लागि टविन नेपाल TFSCN ले आगामी मंसिर ६ गते शनिवार राजधानी न्यूरोडको भुगोलपार्कमा बृहत खुल्ला रक्तदान कार्यक्रम गर्दैछ । 
रक्तदानका वारेमा सचेतना जगाउने, रक्तदाता र विरामीहरुका बीचमा सामाजिक सञ्जाल टविटरमार्फत सम्र्पक स्थापित गराउने र कम्तिमा तीन महिनामा एक पटक रक्तदान कार्यक्रम गर्ने सोच सहित यो कार्यक्रम हुन लागेको हो । रक्तदान कार्यक्रममा नेपालमा सबैभन्दा बढिपटक रक्तदान गर्नुहुने अग्रज प्रेमसागर कमाचार्य समेत उपस्थित भएर रक्तदाताहरुलाई प्रोत्साहन गर्नुहुने कार्यक्रम रहेको छ । 
आफ्नो शरीरका लागि नचाहिएर खेरजाने रगत दिएर अरुको जीवन बचाउनुपर्छ भन्ने सकारात्मक सोच र सन्देश दिने उद्देश्यका साथ सबैले उक्त रक्तदान कार्यक्रममा सहभागि भइ कार्यक्रम सफल बनाउने अपेक्षासामाजिक उद्देश्यका लागि टविन नेपाल TFSCNले राखेको छ । 
काठमाडौँमा मात्र दैनिक सरदर ७ सय युनिटभन्दा बढी रगतको माग हुन्छ । अहिले करिव ६सय युनिटको हाराहारीमा रगत संकलन हुने गरेको तथ्यांक छ । हाम्रो उद्देश्यले माग र आपुर्तिको सन्तुलन मिलाएर रगत अभाव हुन नदिनु नै हो । सामान्यतयाः ४५ केजीभन्दा माथि तौल भएका १८ वर्षदेखि ६० वर्षसम्मका स्वस्थ्य पुरुष वा महिलाले रक्तदान गर्न सक्दछन् । एक व्यक्तिले हरेक तीन महिनाको अन्तरालमा वा वर्षमा बढीमा चार पटक रक्तदान गर्न सक्दछ ।
कुनै पनि व्यक्तिलाई उपचारको क्रममा रगतको आवश्यक प¥र्यो भने हालसम्म स्वस्थ व्यक्तिबाट रक्तदान गराउनुबाहेक अर्को विकल्प छैन । विश्व स्वास्थ्य संगठनका अनुसार कम्तीमा मुलुकको २ प्रतिशत नागरिकले मात्र रक्तदान गरेमा माग अनुसार आपूर्ति सजिलै गर्न सकिन्छ । हाम्रो उद्देश्यले रगतको माग अनुसार आपुर्तिको अवस्था बनाउने पनि हो । TFSCN ले यही मंसिर ६ गते राजधानीको भुगोलपार्कमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बनौं यो अभियानलाई सफल र सार्थक बनाऔं ।
कार्यक्रम : बृहत खुल्ला रक्तदान 
स्थान :भुगोलपार्क न्युरोड(बिशालबजार अगाडी)
समय : विहान एघार बजेदेखि दिउसो दुई बजेसम्म 

.....................
राज खरेल 
अध्यक्ष 
सामाजिक उद्देश्यका लागि टविन नेपाल TFSCN

थप जानकारीका लागि सम्र्पक ः ९८४१६३०५८९

0 comments:

Post a Comment