नेपालका विभिन्न क्षेत्रमा समुदायहरुको एकिकृत सम्मुन्नत समाजको निर्माण गरि कार्य क्षमता अभिवृद्धि गर्न शिक्षा तथा स्वास्थ्य एवं आम रुपमा नेपाली नागरिकलाई सक्षम तथा सुशिक्षीत गरि सवल नागरिक निर्माण गरि देश विकासका विषयमा राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा अध्ययन अनुसन्धान तथा सेवामा उच्च पहुंच पु¥याउन,
सामाजिक कानूनी मान्यता प्राप्त हक अधिकारको उपभोग गर्दै स्वास्थ्य सेवाको क्षेत्र लगायत सबै क्षेत्रको संस्थागत, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, वैज्ञानिक तथा साँस्कृतिक विकास र उत्थान एवँ राष्ट्रिय विकासमा समुचित सहभागिताको चेतना अभिवृद्धिकोलागि विभिन्न सेवा परामर्श र प्रशिक्षणका निम्ति,
नेपाल राष्ट्रको निर्माणको कालो पाटोको रुपमा रहेको अशिक्षा र गरिबीले पिडित समुदायको उत्थान गर्दै वास्तविक विभेद रहित र उच्च जीवनस्तर यापनको विकास गराई सक्षम, दक्ष, योग्य नागरिकको उत्पादनमा सघाउ पु¥याई सबैको सपना पुरा गरि राष्ट्र निर्माण एवँ विकासमा समेत संस्थागत टेवा पु¥याउन वाञ्छनिय भएकोले विभिन्न पेशा, तह, वर्ग, लिङ्ग, धर्म, भुगोल, जातिको संलग्नता रहेको विश्वव्यापी सामाजिक सञ्जाल ट्वीटरमा रहेका नेपालीहरुको “सामाजिक उद्देश्यकालागि ट्वीट नेपाल” नामक संस्था स्थापनार्थ यो संस्था दर्ता गर्न संस्थादर्ता ऐन २०३४ को अधिनमा रही यो संस्था नेपाल सरकार गृह मन्त्रालय अन्र्तगत श्री जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा मिति २०७१।६।८ मा दं.नं. २९३ मा दर्ता रहेका छन ।
यसका उद्देश्यहरु निम्नानुसार रहेका छन ः
न्याय संगत हकमा प्रतिकुल असर नपर्ने गरि यस संस्थाको उद्देश्य देहाय बमोजिम रहनेछ । यो संस्था मुनाफा रहीत जनहितकारी, सामाजीक संस्था हुनेछ ।
क)सरोकार निहित सबै नागरिकलाइ सार्वजनिक रुपमा नै स्वास्थ्य शिक्षा बारे सर्वसाधारणमा जन चेतना जगाइ गरिब तथा उत्कृष्ट जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनकालागि छात्रवृति प्रदान गर्ने तथा राष्ट्रिय प्रतिभा तथा विभुतिहरुलाई जगेर्ना हेतु आवश्यक कार्य गर्दै पुरस्कृत समेत गर्ने ।
ख)समाजको उत्थान तथा स्वास्थ्य सम्बन्धि जनजागरण एवं पिडितहरुकोलागि एम्बुलेन्स समेत संचालन व्यवस्थापन गरि गराई, अध्ययनअध्यापन तथा सहयोगकालागी जनचेतना, शिविर, योगा, सरसफाई आदिको कार्यक्रम आयोजना गर्ने गराउने ।
ग)शिपसंग सम्बन्धित तालिमहरु संचालन गर्न औपचारिक तथा अनौपचारिक शिक्षा शिप सेवा केन्द्रहरु खोल्ने ।
घ) सबै क्षेत्रमा अध्ययन, अनुसन्धान, समाजसेवा, व्यवस्थापन,अध्यापन लगायत स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान दिनेलाई सम्मान तथा कदर गर्दै सम्पूर्ण नेपाली समुदायको समृद्धि, सेवा लगायतका क्षेत्रमा समृुचित पहुंचकालागि सहयोग पु¥याउन एकिकृत गर्ने गराउने र सोकालागि लक्ष्य पूर्ति गर्न सम्बन्धित निकायहरुलाई ध्यानाकर्षणका उपायहरु अवलम्बन गर्नेछ ।
ङ) समाजको उत्थानमालागेकासंग सम्बन्धित संघ संस्था र समृुदायका न्याय संगत हकहितकालागि राष्ट्रिय एवं अन्र्तराष्ट्रिय क्षेत्रमा परस्पर सहयोगको आदान प्रदान गर्दै अध्ययन, अनुसन्धान गर्ने, समुचित स्वास्थ्य शिक्षा, विज्ञान प्रविधि एवं मानवीय सहयोगकोलागि निःशुल्क परामर्श एवं सहायता प्रदान गर्ने, सार्वजनिक सरोकारको हितको विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निकायहरुमा ध्यानाकर्षण समेत गरि गराई अन्य यथोचित उपचारको बाटोमा लाग्ने लगाउने ।
च) समग्र समुदायका योग्य व्यक्तिहरुलाई स्वास्थ्यसंग सम्बन्धित राज्यको नीति, विधि निर्माण कार्य एवं विभिन्न सेवा आयोगमा पहुंचकालागि आवश्यक प्रशिक्षण तथा तालिमको व्यवस्था गर्ने गराउने र सो कुराकोलागि सम्बन्धित राष्ट्रिय एवं अन्र्तराष्ट्रिय निकायहरुसंग सम्बन्ध र समन्वय कायम गरि श्रोतको व्यवस्था गर्ने ।
छ) वैज्ञानिक स्वास्थ्य सेवाको विकास निर्माण र मानवीय राज्यको अवधारणा प्रति प्रतिवद्ध रहि बालबालिका, वृद्धवृद्धा, युवा युवतीलाई विभिन्न क्षेत्रको औपचारिक अनौपचारिक वैज्ञानिक प्राविधिक स्वास्थ्य शिक्षा, द्धन्द्ध पिडितको समस्या निवारण एवं उद्धारकोलागि कार्य गर्न गराउन विभिन्न प्रशिक्षालयहरुको स्थापना गर्ने ।
ज) शहिद परिवार, द्धन्द्ध पिडित, गरिब, असहाय बालबालिका, पिछडिएका महिलाहरु समेतको उत्थानकालागि उनिहरुको स्वास्थ्यसंग सम्बन्धित हक हितको संरक्षण र सम्बद्र्धन गर्ने गराउने कार्यहरु गर्न आवश्यक पहल सहयोग गर्ने गराउने ।
झ) उपरोक्त उद्देश्य परिपूर्तिकालागि नेपाल सरकार, विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय दातृ निकाय संघ संस्था एवं व्यक्तिसंग समन्वय, सम्झौता, अध्ययन, अध्यापन, अनुसन्धान, प्रशिक्षण, गोष्ठि, सेमिनार गर्ने गराउने सहभागी हुने, समान उद्देश्य भएका संघ संस्थाहरु संग परामर्श र सहयोग लिने दिने आवद्ध गराउने तथा आवद्ध हुने ।
ञ) आन्तरिक पर्यटन तथा संस्कृति संरक्षण संवद्र्धनका कार्यहरु गर्ने गराउने ।
च) शारीरिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरुको हक हितको क्षेत्रमा कार्य गर्ने गराउने ।
छ) गरिबि निवारण तथा वातावरणको क्षेत्रमा समेत कार्य गर्ने गराउने ।
ज) भोक विरुद्धका सबै प्रकारका कार्यहरु गर्ने गराउने ।
झ) संस्थाका उद्देश्य पूर्तिका लागी आवश्यक डकुमेन्ट्री, नाटक लगायत चेतनामूलक ÷ जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने ।
ञ) दलित, जनजाति, महिला, बालबालिका, यूवा, अपाङ्ग, वातावरण, स्वास्थ्य, शिक्षा, बेरोजगारी, दैविकप्रकोप, असहाय, असक्तहरुलाई सहयोगार्थ विभिन्न प्रकारका गतिविधि संचालन गर्ने ।
ट) सामाजिक कुरिति, कुप्रथा, कुसंस्कार विरुद्ध आवश्यक सबै प्रकारका गतिविधि संचालन गर्ने ।
ठ) माथी उल्लेखित सबै कार्यहरु निःशुल्क गरिने छ ।
५. संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरुः–
यस संस्थाको उपरोक्त उद्देश्यहरु प्राप्त गर्न देहायका कार्यहरु गर्नेछ ।
क) संस्थाको प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र आफना उद्देश्यहरु कार्यान्वयन गर्नेछ ।
ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा लिन सक्नेछ र प्रविधि सम्बन्धी , कम्प्यूटर, सिडी, सिडी प्लेयर,प्रोजेक्टर, पुस्तक, भवन,फर्निचर, सवारी साधन आदि जस्ता सामानहरु खरिद गरी तथा भाडामा लिई प्रयोग गर्न सक्नेछ ।
ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्ने र तीनको सेवा शर्तहरु निर्धारण गर्नेछ ।
घ) गरिव, असहाय, टुहरा बालवालिका लगायत पिडित युवा तथा किशोर, किशोरीहरुको लागि विशेष कक्षा संचालन गर्ने ।
(ङ) तथ्याङ्क संकलन गर्ने,योजनाबद्ध कार्य गर्ने गराउने र विकास निर्माण समेतकालागि विविध सांस्कृतिक तथा च्यारिटी शोहरु गरेर समाजिक उद्देश्यकालागि ट्वीट नेपाल अक्षय कोष खडा गर्ने र वेभसाइट निर्माण गरि इलेकट्रोनिक पुस्तकालय म्यूजियम स्थापना गर्ने ।
(च) जे जो जसको अनुमति लिई गर्नु पर्ने काम सम्बन्धित निकायहरुसंग सहमति अनुमति लिई गरिनेछ ।
परिच्छेद–३
सदस्यता
६. सदस्यताको वर्गीकरणः–
यस संस्थाको सदस्य देहायका निम्न ४ (चार) किसिमका सदस्यहरुको वर्गीकरण गरिएको छ ।
क) साधारण सदस्यः– यस विधानको दफा ७ बमोजिम योग्यता पुगेका सामाजीक अधिकार प्रति सचेत नेपाली नागरिकहरुले वार्षिकरुपमा रु. ५०१÷– (पाँच सय एक ) र प्रवेश शुल्क रु. ५०१÷– तिरी बनेका सदस्यहरु साधरण सदस्य हुनेछन् (कार्यसमितिको निर्णयानुसार सदस्यता र नविकरण शुल्क थपघट हुनसक्नेछ) तर यसरी बनेका सदस्यहरुले एक आ.व. समाप्त भएपछि पनि पुरानो र हाल दस्तुर तिरी नविकरण गराउनु पर्नेछ । सदस्यता प्राप्त गरेको तीन महिना भुक्तान नगरी मताधिकार प्राप्त हुने छैन ।
ख) आजीवन सदस्य ः–एकमुष्ठ रु. १०,००१÷– (दश हजार एक) शुल्क तिरी बनेका सदस्यहरु आजीवन सदस्य हुनेछन् र यस्ता सदस्यहरुले सदस्यता नविकरण गराइरहनु पर्दैन । साथै आजीवन सदस्यता वितरण जुनसुकै समयमा पनि हुनेछ ।
ग) संस्थापक सदस्यः– यस “समाजिक उद्देश्यकालागि ट्वीट नेपाल” नामक संस्थाको विकास गर्ने उद्देश्यले गठित तदर्थ समितिका पदाधिकारी एवं कार्यकारिणी सदस्यहरु संस्थापक एवं आजिवन सदस्य हुनेछन् र सदस्यको मर्यादा क्रममा अग्रस्थानमा हुनेछ ।
घ) मानार्थ सदस्यः– कार्य समितिको सिफारिसमा साधारण सभाबाट कानूनी, सामाजिक, वौद्धिक, शैक्षिक, विज्ञान प्रविधिका क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिहरुलाई मानार्थ सदस्यता प्रदान गर्न सकिने छ । मानार्थ सदस्यता नविकरण गराइरहनु पर्दैन र मताधिकार पनि हुदैन ।
ङ) समाजमा विशिष्ट योगदान पुर्याएका, यस संस्थालाइ विशेष योगदान पुर्याएका र अन्य विशेष व्यतmीहरुलाइ सल्लाहाकार सदस्यता प्रदान गर्न सकिने छ । सल्लाहाकार सदस्यता नविकरण गराइरहनु पर्दैन र मताधिकार पनि हुदैन ।
७. सदस्य हुन योग्यताः–
निम्न लिखित अवस्थामा सदस्य हुन योग्य हुनेछः–
क) नेपाली नागरिक भएको
ख) नैतिक पतन हुने सजाय नपाएको
ग) बहुलाउने रोग नलागेको
घ) कुनै पनि संघ संस्थाको सम्पत्ति हिनामिना गरी नाशी भागी नगएको
ङ) १६ वर्ष उमेर पुगेको नेपाली नागरिक भएको
च) संस्थाको उद्देश्य विपरित काम गर्ने गराउने प्रयास नगरेको
छ) सदस्यता नविकरण गरेको ।
ज) मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्तिमा प्रमाणपत्र तह उर्तिण भएको ।
ञ) सदस्यता लिएको मितिमा कम्तिमा एक वर्षसम्म ट्वीटर प्रयोग गरेको ।
८. देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यताको सदस्य पद प्राप्त गर्न सक्ने छैन ।
क) गैर नेपाली नागरिक ।
ख) १६ वर्ष उमेर पुरा नभएको व्यक्ति
ग) मगज विग्रेको वा बहुलाएको
घ) सार्वजनीक सम्पति हिनामिना गरेको
ङ) नैतिक पतन देखिने फौज्दारी र भ्रष्टचारीको अभियोगमा सजाय पाएको ।
च) सम्वन्धीत संस्थाको व्यवसायमा नीजि स्वार्थ भएको ।
छ) साहुको दामासाहीमा परेको ।
ज) कुनै प्रकारको चोरी, ठगी किर्ते वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको ।
झ) माथी उल्लेखित अन्य योग्यता नपुगेको व्यतmी ।
९.सदस्यताको समाप्तीः–
१.देहायको अवस्थामा कुनै व्यक्ति संस्थामा वहाल रहने छैन ।
क) यस विधानको दफा ८ बमोजिमको सदस्य पद प्राप्त गर्न नसक्ने भएमा ।
ख) साधारण सभाको दुई तिहाइ सदस्यहरुको बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा ।
ग) सदस्यले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृती भएमा ।
घ) संस्थाको काम कारवाहीमा बेइमानी वा वदनियत गरेको कुरा अदालतबाट प्रमाणीत भएमा
ङ) यस विधान बमोजिम संस्थाले गर्न नहुने, भनि तोकिएको कुनै कार्य गरेमा ।
च) बढिमा ६ महिना सम्म सदस्यता शुल्क बुझाउन वांकी भएमा ।
छ) संस्था विघटन भै खारेज भएमा ।
ज) सदस्यको मृत्यु भएमा ।
२. कुनै व्यक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा वहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई, सफाई पेश गर्ने मौका दिइने छ ।
१० सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधिः– यस विधानको दफा ६ बमोजिमको सदस्यहरुले देहाय बमोजिमको उपदफामा तोकिएको शुल्क तिरी, सदस्यता प्राप्त गर्न सक्ने छन्
१.साधारण सदस्यः–
क) साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले प्रवेश शुल्क रु ५०१÷– र वार्षिक शुल्क वापत रु ५०१÷– बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई केन्द्रिय कार्य समितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सकिने छ ।
ख) त्यस्ता साधारण सदस्यले बार्षिक नविकरण शुल्क रु.५०१÷– बुझाउनु पर्ने छ ।
ग) साधारण सदस्य प्राप्त गर्न सदस्यले प्रत्येक आर्थिक वर्षको श्रावण महिनाको मसान्त भित्र नविकरण गराई सक्नु पर्नेछ र त्यसपछिको हकमा तोकिए बमोजिम थप दस्तुर बुझाई नविकरण गर्न सक्नेछ ।
२.संस्थापक सदस्यः–
क) यो संस्था दर्ता हुँदाको बखतका तदर्थ समितीका पदाधिकारीहरु संस्थापक सदस्य हुनेछन् ।
ख) संस्थापक सदस्यहरुले विधानमा उल्लेख भए बमोजिमको शुल्क बुझाई साधारण सदस्य वा आजीवन सदस्य प्राप्त गर्न सक्ने छन ।
३.आजीवन सदस्यः–
लगातार ५ वर्ष सम्म सदस्य रहेका सदस्यले संस्थामा एकमुष्ट रु. १०००१÷–(दशहजार एक) बुझाई तोकिएको प्रकृया अन्तरगत आवेदन दिने ब्यक्तिलाई कार्य समितीको निर्णयले आजीवन सदस्यता प्रदान गर्न सक्ने छ ।
४. मानार्थ सदस्यः–
साधारण सभाको निर्णयले उपयुक्त ठानेको समाजसेवी विशिष्ट व्यक्ति तथा प्रतिष्ठित नेपाली नागरिकहरुलाई मानार्थ सदस्य प्रदान गर्न सक्ने छ , तर मानार्थ सदस्यको मताधिकार रहने छैन ।
५. कुनै आवेदकलाई सदस्यता नदिईने निर्णय गरेमा सोको कारण सहितअभिलेख राखिने र नक्कल मांग गर्नेलाई उचित नक्कल दस्तूर लिई नक्कल दिइने छ ।
६. सबै सदस्यहरुले यस विधान र विधान अन्तरगत बनेको नियम र विनियम बमोजिम भएको व्यवस्थाको पालना गर्नु पर्ने छ ।
७. संस्थाले प्रदान गरेको उपदफा १, २, ३ र ४ अनुसारको सदस्यहरुको तोकिएको ढाँचामा छुटै अभिलेख पुस्तिका रहने छ ।
Tuesday, October 28, 2014
Tweet For Social Cause Nepal
3:41 AM
No comments
Subscribe to:
Post Comments (Atom)







0 comments:
Post a Comment